लगानिकर्ताको आकर्षणमा पर्दा तीन फाइनान्स कम्पनीको शेयर मूल्यमा उच्च बृद्धी

३ बर्ष अगाडि

आज कारोबारको तेस्रो दिन नेप्सेमा फाइनान्स र विकाश बैंक सूचक मात्र बढेको छ । 

नेप्सेमा दोहोरो अंकको करेक्सन भइरहँदा यी दुई सूचक लगानिकर्ताको आकर्षण मा परेका हुन । 

आज सबै भन्दा धेरै गुडविल फाइनान्सको शेयर मूल्य बढेको छ । नेप्सेका अनुसार आज गुडविल फाइनान्सका शेयर मूल्य ९.९२ प्रतिशतले बढेर २८८ रुपैँया पुगेको छ । त्यस्तै, श्रि इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य ९.६५ र समृद्धि फाइनान्सको शेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । 

आज फाइनान्स समूह १२.७२ अंकले बढेर ११६४.९१ विन्दुमा पुगेको छ । उता विकाश बैंक समूह २२.५२ अंकले बढेर २६०१.१५ को विन्दुमा पुगेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया