ग्रीन लाइफको आईपीओमा आवेदन दिने समय सकियो, कति पर्यो आवेदन ?

३ बर्ष अगाडि

ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले बिक्री खुला गरेको आइपीओमा आवेदन दिने समय सकिएको छ । 

कम्पनीको आइपीओ आज ५ बजे बाट बन्द भएको हो । 

कम्पनीकोे  आईपीओमा अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्ममा १३ लाख ३८ हजार जनाबाट २ अर्ब ३९ करोड रुपैयाँ बढीको शेयर माग भएको छ । यो माग भन्दा ७।३६ गुणा धेरै हो ।

यस कम्पनीले  माघ २३ गतेदेखि २७ गतेसम्म आइपीओ निष्काशन गरेको थियो । 

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया