नेप्सले कारबाही गरेको ७ कम्पनीको कारोबार फुकुवा

३ बर्ष अगाडि

यस अघि शेयर कारोबार रोक्का भएका १३ मध्य ७ कम्पनीको कारोबार फुकुवा भएको छ ।

आज नेप्सेले एक विज्ञप्ती निकाल्दै उक्त कम्पनीहरुले  माग गरे बमोजिममा विवरण उपलब्ध गराएपछि ति कम्पनीहरुको कारोबार फुकुवा गरेको नेप्सेले जानकारी दिएको हो । 

नेप्सेले कर्णाली डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, युनियन हाइड्रो पावर, पाँचथर पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स र राधि विद्युत कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

यस अघि नेप्सेले धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पेश नगरेको भन्दै कारोबार बन्द गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया