दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ८ अर्ब माथि

३ बर्ष अगाडि

साताको अन्तिम कारोबारका दिन आज नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । 

आज नेप्से १६.२२ अंकले घटेर २५ सय २६.९२ को विन्दुमा पुगेको छ । आज कारोबारमा आएका कम्पनीहरु मध्य ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज नेप्सेमा १ करोड ६० लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ८ अर्ब ४१ करोड रुपेयाँ बराबरको कारोबार भएको छ । 

आज सबै भन्दा धेरै डिप्रोक्स लघुवित्तको ५६ करोड रुपैयाँँ बराबरको कारोबार भएको छ भने नविल बैंकको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया