डब्लूएचओ को चेतावनी: 'यो वर्ष विश्वमा कोरोना अन्त्य हुदैन, कोरोनाभाइरसको भेरिएन्ट तीव्र गतिमा फैलिँदैछ'

३ बर्ष अगाडि

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा यो वर्ष कोरोनाको महामारी नहट्ने बताएको छ । डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिँदै भने, ‘यो वर्ष विश्वलाई कोरोनाविरुद्धको लडाईंमा सफलता मिल्नेछ भनेर सोच्नु गलत हुनेछ तर अस्पताल भर्ती हुने बिरामी र मृत्युको सङ्ख्यामा कमी गरेर यस त्रासदीबाट बाहिर भने निस्कन सकिनेछ ।’ उनले पछिल्लो हप्ता विश्वभर कोरोनभाइरस संक्रमितको संख्या बढेको बताउँदै यसबाट हामीले सर्तक हुनुपर्ने जिकिर गरे ।

डब्लूएचओका प्रमुख ट्रेडोस घेब्रेसियसले पछिल्लो हप्ता यूरोप अमेरिका र दक्षिण पूर्वी एसियाका देशहरुमा कोरोनाभाइरस संक्रमणको मामिला बढेको बताए । यस्तो पछिल्लो सात हप्तामा पहिलो पटक देखिएको उनको भनाइ थियो । उनले यो निकै निराशाजनक भएको बताए । धेरै देशहरुमा सामाजिक दुरीमाथिको कडाइ कम गर्दै लगिएको कारण यस्तो भएको हुनसक्ने उनको भनाइ छ । ‘मानिसहरु लापरवाह हुँदैछन्, जसले कोरोनाभाइरसको भेरिएन्ट तीव्र गतिमा फैलिँदैछ,’ उनले भने ।

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ११.४९ करोड बढी पुगेको छ । यसमध्ये ९ करोड ६ लाखभन्दा बढी निको भएका छन् । हालसम्म २५ लाख ४९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया