सबैभन्दा बढी अर्बपति हुने देशमा तेश्रो नम्बरमा भारत,सबैभन्दा बढी अर्बपति मुम्बईमा

३ बर्ष अगाडि

काठमाडौं-  विश्वको सबैभन्दा धेरै अर्बपतिहरु हुने सूचीमा भारत तेश्रो नम्बरमा आएको छ । 

भारतमा १ सय ७७ जना अर्बपतिहरु रहेका छन् ।  भारतमा रहेका कुल अर्बपतिमध्ये ६१ जना मुम्बईमा रहेका भने ४० जना नयाँ दिल्लीमा र २२ जना बेंगलोरमा रहेका छन् । 

सबैभन्दा धेरै अर्बपतिहरु हुने सूचीमा चीन पहिलो नम्बरमा रहेको छ भने अमेरिका दोस्रो नम्बरमा रहेको छ ।  चीनमा एक हजार ५८ जना अर्बपतिहरु रहेका छन् । एक वर्षमा यिनको संख्या २५९ले बढेको छ । अमेरिकामा ६९६ अर्बपति छन् र एक वर्षमा यसको संख्या ७० ले बढेको छ । न्यूयोर्कमा सबैभन्दा धेरै ११२ अर्बपति रहेका छन् ।

भारत ते्िरो  स्थानमा परेको छ भने चौथो स्थानमा १४१ अर्बपतिहरुका साथ जर्मनी र १३४ अर्बपतिहरुकासाथ बेलायत पाचौं स्थानमा रहेका छन् । विश्वका सबैभन्दा धेरै १४५ अर्बपतिहरु बेइिजिङमा रहने गर्दछन् । यसैगरी दोश्रो स्थानमा शांघाई छ जहाँ ११३ अर्बपतिहरु छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया