प्रदेश नं. १ मा एउटा बैंकको भागमा झन्डै साढे  ५ हजार जनता

शुक्रबार, २८ फागुन २०७७, १३ : २४

काठमाडौं -  प्रदेश नम्बर १ मा एउटा बैंकको भागमा झन्डै साढे ५ हजार जनता परेका छन् । ४९ लाख ४४ हजार ७० जनसंख्या रहेको एक नम्बर प्रदेशा विभिन्न बैंक तथा वित्तिय संस्थाका ९ सय २२ शाखा छन् । कूल जनसंख्याले बैंकको शाखा अनुसार भाग लगाउँदा औषतमा एक वित्तिय संस्थाले ५ हजार ३ सय ६२ जना सेवाग्रहीलाई सेवा दिनुपर्ने नेपाल राष्ट्रबैंकले जनाएको छ । 

यो चालु आर्थिक वर्षको माघ मसान्तसको तथ्यांक हो । राष्ट्रबैंकका अनुसार प्रदेश १ मा रहेका ७ सय ५ वाणिज्य बैंक, १ सय ७३ विकास बैंक र ४४ अन्य वित्तिय संस्था छन् । प्रदेश १ का १४ जिल्लामध्ये उदयपुरका बैंक तथा वित्तिय संस्थाको भागमा सबैभन्दा धेरै सेवाग्राही पर्दछन् । ३ लाख ५६ हजार ५ सय ९२ जनसंख्या र ३७ वाणिज्य बैंक र ४ विकास बैंक गरि ४१ शाखा रहेका उदयपुरमा एउटा शाखाको भागमा ८ हजार ६९७ जना सेवाग्राही पर्ने राष्ट्रबैंकले जनाएको छ । 

प्रदेश १ का जिल्लामध्ये मोरङमा बैंक तथा वित्तिय संस्थाका सबैभन्दा धेरै २ सय २४  शाखा छन् । त्यसमध्ये १ सय ५७ वाणिज्य बैंक, ५४ विकास बैंक र १३ अन्य वित्तिय संस्था रहेका छन् । ति संस्थाले १० लाख ९४ हजार ७ ६४ जनसंख्यालाई सेवा दिन्छन् । यस हिसाबले एउटा बैंक तथा वित्तिय संस्थाले ४ हजार ८ सय ८७ जनतालाई सेवा दिनुपर्ने राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । 

यस्तै, सबैभन्दा कम ताप्लेजुङ्गमा वाणिज्य बैंकहरुका २१ शाखा छन् । ति शाखाले १ लाख ३० हजार ८ सय ३४ जनसंख्यालाई सेवा दिँदा एक शाखाको भागमा  ६ हजार २३० जना पर्छन् । 

२६ वाणिज्य बैंक, ३ विकास बैंक र २ अन्य गरी कुल ३१ बैंक तथा वित्तिय संस्थाका शाखा रहेको  पाँचथरमा एक शाखाले ६ हजार ३ सय ६० जना हेर्नुपर्छ । 

३८ वाणिज्य बैंक, ७ विकास बैंक र २ अन्य गरी ४७ बैंक तथा वित्तिय संस्थाले ३ लाख १२ हजार १३० सेवा दिइरहेको इलाममा एक शाखाको भागमा  ६ हजार ६ सय ४१ जनता पर्छन् ।   

झापामा एक वित्तिय संस्थाको भागमा ६ हजार ६४१ जना सेवाग्राही रहेका छन् । १ सय ४० वाणिज्य बैंक, ४८ विकास बैंक र १२ अन्य वित्तिय संस्था गरि दुई सय शखा रहेको झापामा ३ लाख १२ हजार १३० जनालाई सेवा दिएका छन् । 

यसैगरी, २७ वाणिज्य बैंकको शाखा रहेको संखुवासभाा एक बैंक तथा वित्तिय संस्था बराबर ५ हजार ७ सय ७५ जना, २६ बैंक रहेको भोजपुरमा एक बैंक तथा वित्तिय संस्था बराबर ५ हजार ९८४ जना, २१ वटा बैंक तथा वित्तिय संस्था रहेको तेह्रथुममा एक संस्था बराबर ४ हजार ७९९ जना परेका छन् । 

धनकुटामा ३३ बैंक तथा वित्तिय संस्थामध्ये एउटाको भागमा ५ हजार १८९ जना, सुनसरीमा १ सय ७४ बैंक तथा वित्तिय संस्थामध्ये एउटाको भागमा ५ हजार २५५, सोलुखुम्बुमा २७ बैंक तथा वित्तिय संस्थामध्ये एउटाको भागमा ३ हजार ७९० जना परेका छन् । 

त्यस्तै, बैंक तथा वित्तिय संस्थाका २६ शाखा रहेको सुनसरीमा एउटा शाखाले ५ हजार ८ सय ३१ र खोटाङमा २४ बैंक तथा वित्तिय संस्थामध्ये एकको भागमा ७ हजार २ सय ३७ जनालाई सेवा दिइरहेका छन् ।

शुक्रबार, २८ फागुन २०७७, १३ : २४

प्रतिक्रिया