बिल गेट्सका तीन सन्तानले पैतृक सम्पत्तिको १०–१० मिलियन डलर मात्रै पाउने

२ बर्ष अगाडि

काठमाडौं, माइक्रोसफ्टका संस्थापक बिल गेट्स  र उनकी श्रीमती मिलिन्डा गेट्स अलग्गिँदै छन् । बिल गेट्स र मिलिन्डा गेट्स एक छोरा र दुई छोरीका आमा–बुवा हुन् । छोराको नाम ररी र छोरीको नाम जेनिफर र फियोबी हो ।

बिल गेट्सको कूल सम्पत्ति यतिबेला १४६ बिलियन डलर छ । बिल गेट्सले सन् २०१७ मा उनका प्रत्येक सन्तानलाई पैतृक सम्पत्तिको १० मिलियन डलर मात्रै दिइने बताएका थिए । अर्थात् तीनै सन्तानलाई कूल ३० मिलियन डलरको सम्पत्ति दिइनेछ । बिल र मिलिन्डाले उनीहरुको कूल सम्पत्तिको ९५ प्रतिशत हिस्सा समाजसेवाका लागि दान दिइने घोषणा गरिसकेका छन् । यसका लागि यी दुईले बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशनको स्थापना गरिसकेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया