चीनले नेपाललाई कोरोनाविरूद्धको उपचारका लागि थप ९ करोड २० लाख बरावरको स्वास्थ्य सामग्री सहयोग गर्दै

२ बर्ष अगाडि

काठमाडौँ - चीनले नेपाललाई थप स्वास्थ्य सामग्री सहयोगको प्रतिबद्धता जनाएको छ । कोरोना भाइरस महामारीविरूद्धको उपचारका लागि सहयो गर्ने भएको होे । 

चिनियाँ विदेशमन्त्री वाङ यीले पांच वटा दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीहरुसंग वैशाख दोश्रो साता भिडियो कन्फ्रेन्स हुँदा नेपाल कोरोना भाइरसको समस्याबाट जुधिरहेको भन्दै ९ करोड २० लाख बरावरको सहयोग तुरुन्त गर्ने प्रतिवद्धता जनाएका थिए ।

चीनले दिन लागेको अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।

वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमबार बिहान ११:३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २:३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया