नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयरमा जेठ १६ गतेबाट बिक्री खुला

विहीबार, ०६ जेठ २०७८, १४ : ४६

काठमाडौं, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले जेठ १६ गतेबाट संस्थापक समूहको सेयर बिक्री खुला गर्ने भएको छ

कम्पनीले ८० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०२२ रुपैयाँमा यो सेयर बिक्री गर्न लागेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 
 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा जेठ ३० गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ ।

विहीबार, ०६ जेठ २०७८, १४ : ४६

प्रतिक्रिया