मंगलबार शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

मंगलबार, ११ जेठ २०७८, १३ : ४६

काठमाडौं, शिखर इन्स्योरेन्सको मंगलबार बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको २७.७८ प्रतिशतले हुन आउने ३८ लाख ४० हजार २०२ कित्ता शेयर सूचीकृत भएको हो ।

इन्स्योरेन्सको चैत ९ गते सम्पन्न १५ औं र १६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई २७.७६९ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १।४६२ प्रतिशत नगद गरी कुल २९.२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले लाभांश तथा सधारण सभा प्रयोजनको लागि फागुन २६ गते बुकक्लोज गरेकोले फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले बोनस पाउनेछन् ।

मंगलबार, ११ जेठ २०७८, १३ : ४६

प्रतिक्रिया