अरुण भ्यालीको साढे ४ लाख कित्ता हकप्रद शेयर लिलामी आउने

२ बर्ष अगाडि

काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे ४ लाख कित्ता हकप्रद शेयर लिलामी बिक्रीमा आउने भएको छ ।

कम्पनीले जारी गरेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रदमा ४ लाख ३६ हजार ८८४ कित्ता हकप्रद शेयर अवितरित भएपछि सो परिमाणको शेयर बिक्रीमा आउने भएको हो ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेकोे छ । क्यापिटलका अनुसार रितपूर्वक हकप्रदमा आवेदन दिने २२ हजार ७०६ जनाबाट प्राप्त आवेदनका आधारमा ४८ लाख ०४ हजार ३१३ कित्ता शेयर बाँडफाँड गरिएको छ । 

कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री गरेको थियो ।

साथै, कम्पनीले हकभन्दा बढी शेयर माग गरी आवेदन दिई बाँडफाँडमा नपरेको शेयर बापतको रकम जेठ २१ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया