नेप्सेले कारोबार रोक्का गरेपछि खानी खोलाद्धारा वित्तीय विवरण सार्वजनिक, ९ करोड ९० लाख घाटा

२ बर्ष अगाडि

काठमाडौं - खानीखोला हाइड्रोपावर कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले वित्तीय विवरणहरू सार्वजनिक नगरेको भन्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । 

धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले खानीखोलाको शेयर कारोबार जेठ २० गते बिहीबारदेखि रोक्का गरेको हो । यसपछि  खानी खोला हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । 

चैत मसान्तसम्म कम्पनी ९ करोड ९० लाख घाटामा छ । यद्यपी कम्पनीको घाटा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भन्दा केही कम हो । गत आवको चैतमा कम्पनी १० करोड १२ लाख घाटामा थियो।

तेस्रो त्रैमाससम्म बिजुली बिक्रीबाट ७ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बिजुली बिक्रीबाट ३ करोड ५६ लाख आम्दानी गरेको थियो ।

खानी खोलाको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ छ । गत वर्षको तुलनामा रिजर्भ कोष झनै ऋणात्मक बनेको छ । अहिले रिजर्भ कोष ६६ करोड २० लाख ऋणामक छ । 

गत वर्ष रिजर्भ कोष ५३ करोड ५२ लाख ऋणात्मक थियो । खानी खोलाको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २७ पैसा नोक्सानमा छ । कम्पनीको ८६ करोड ४५ लाख द्धिर्घकालिन ऋण छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया