सर्वसाधारण शेयर धनीलाई सेयर अभौतिकीकरण गराउन सिंगटी हाइड्रोको आग्रह

२ बर्ष अगाडि

काठमाडौं - सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण शेयर धनीहरूलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै यस्तो आग्रह गरेको होे । 

कम्पनीले धितोपत्र सम्बन्धी एन, २०६३ बमोजिम हाल सूचीकृत कम्पनीहरुले जारी गर्ने धितोपत्रहरु भौतिक प्रमाणपत्र रहित गरी विद्युतीय रुपमा मात्र निष्कासन गर्नुपर्ने व्यवस्था भएकाले संस्थापक शेयरधनीहरूलाई सेयर अभौतिकीकरणका लागि आफुसँग भएको सक्कल सेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन आग्रह गरेको छ ।

कम्पनीले आफ्नो सेयर प्रमाणपत्र बुझिलिन बाँकी रहेका संस्थापक शेयरधनीहरूलाई कम्पनीको केन्द्रिय कार्यालय वा कम्पनीको सेयर रजिष्ट्रार मेगा क्यापिटलमा आफ्नो सक्कल प्रमाणपत्र सहित उपस्थित भई वा रितपुर्वकको मञ्जुरीनामा पत्र पठाई अन्य व्यक्ति मार्फत् प्राप्त गरी सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया