सीईडिबी हाइड्रोका संस्थापक र कर्मचारीले आगाी ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने

२ बर्ष अगाडि

काठमाडौं - सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म सेयर बिक्री गर्न नपाउने भएका छन् ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल धितोपत्र बोर्डको निर्देशिका धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को परिच्छेद ९ दफा ३८ उपदफा १ बमोजिम विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको सेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभइ बिक्री गर्न नपाइने जानकारी दिएको छ ।

कम्पनीले गत वैशाख ३१ गते  आईपीओ बाँडफाँड गरेको थियो  । सोही आधारमा कर्मचारी र संस्थापक समूहको सेयर २०८१ साल वैशाख ३० गतेसम्म लकिङ रहनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया