३०२५ को बिन्दुमा पुग्दै ऐतिहासिक उचाईमा नेप्से, कारोबार रकम १९ अर्ब नजिक

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रोे दिन (सोमबार) शेयर बजार नयाँ उचाईमा पुगेको छ । 

कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ परिसुचक ४२.७२ अंकले बढेर ३०२५.८३ को बिन्दुमा पुगेको छ । आज नेप्से परिसुचक ऐतिहासिक उचाईमा पुगेको हो । आज शेयर बजार २९८३.११ को बिन्दुबाट सुरु भएको थियो । 

आज २२१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८५ शेयरमूल्य घटेको छ । ४कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २२१ कम्पनीको ३ करोड ५० लाख २७ हजार भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएका छन् । कुल १ लाख ७५ हजार ४११ पटक कारोबार हुदाँ १८ अर्ब ८८ करोड ४० लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनी मध्ये अरुण भ्याली हाइड्रोपावर कम्पनीले सार्वधिक कारोबार गरेको छ । उक्त कम्पनीले ६२ करोड ५९ लाख बराबरको कारोबार गरेको छ ।  यसैगरी, दोस्रोमा अपि पावर र तेस्रोमा हिमालयन डिष्टिलरी रहेका छन् । १ दर्जन कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया