समृद्धि फाइनान्सले १४ लाख कित्ता संस्थापक शेयर लिलामी गर्दै

जेठ ३१, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, समृद्धि फाइनान्सले १४ लाख कित्ता संस्थापक शेयर लिलामी गर्ने भएको छ । 

फाइनान्सले  संस्थापक तर्फको १३ लाख ८० हजार ७१८ कित्ता शेयर असार ३ गतेदेखि लिलामीमा राख्ने भएको हो ।

फाइनान्सको संस्थापक शेयरका लागि प्रतिकित्ता न्युनतम मूल्य १०० रुपैंयाको दरमा कम्तीमा १०० कित्ताका लागि आवेदन गर्नु पर्नेछ । 

फाइनान्सको लिलामी शेयरमा आवेदन दिनका लागि बिक्री प्रबन्धक बिओके क्यापिटल नक्साल, बैंक अफ काठमाण्डूका शाखाहरु मेनरोड बिराटनगर, बिर्तामोड, बीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, धम्बोजी, नेपालगञ्ज, बीरेन्द्रनगर र धनगढीबाट आवेदन दिन सकिनेछ ।

त्यसै गरी समृद्धि फाइनान्सको मुख्य कार्यालय हेटौंडाका साथै शाखा कार्यालयहरु पुतलीसडक, बुटवल, पोखरा र नारायणघाटका साथै ज्योती विकास बैंकको महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८