यो साता तीन कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुनको कति कित्ता ?

शनिबार, ०५ असार २०७८, ०९ : २९

काठमाडौं - यो साता विभिन्न ३ कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल राष्ट्र बैंक र सिर्जना फाइनान्स लिमिटेडको सेयर नेप्सेमा सूचिकृत भएको होे ।

सिटिजन्स बैंककोे सेयर सोमबार नेप्सेमा सूचिकृत भएको छ । नेप्सेका अनुसार बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १:०.९६ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको एक करोड ८४ लाख ५० हजार ३ सय ८२.३९ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यस्तै नेपाल राष्ट्र बैंकको १५ अर्बको ऋणपत्र बुधबार नेप्सेमा सूचिकृत भएको छ । नेप्सेका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले २०७८ साल जेठ १३ निष्काशन गरेको ४.७९५ विकास ऋणपत्र २०८३ 'घ' नामको ५ वर्ष अवधिको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो । 

उक्त ऋणपत्रका लगानीकर्ताले अर्धवार्षिक रुपमा ४.७९ प्रतिशत व्याजदर प्राप्त गर्नेछन् । साथै बिहिबार सिर्जना फाइनान्सको ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

फाइनान्सको पौष ९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट फाइनान्सका सेयरधनीहरूलाई १३.५९ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले गत चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३.५९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

शनिबार, ०५ असार २०७८, ०९ : २९

प्रतिक्रिया