दुई जलविद्युत् आयोजनाका लागि लगानी बोर्डले दियो ९७ अर्बको लगानी स्वीकृत

मंगलबार, ०८ असार २०७८, १७ : ०३

काठमाडौं,  लगानी बोर्डको ४७ औं बैठकले २ वटा जलविद्युत आयोजनाका लागि ९७ अर्ब (८ करोड २० लाख अमेरिकी डलर )बराबरको लगानी स्वीकृत गरेको छ। 

आज बसेको बोर्डको बैठकले ताप्लेजुङ जिल्लामा रहेको २८५ मेगावाट उत्पादन क्षमताको अपर तमोर हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट र मनाङ जिल्लामा रहेको १३९.२ मेगावाट उत्पादन क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत परियोजनाका लागि यो लगानी रकम स्वीकृत गरेको हो। 

बोर्ड बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको समझदारीपत्रको मस्यौदा स्वीकृत गर्ने तथा दमक इन्ड्रस्ट्रियल पार्कको डिपिआर स्वीकृत गर्ने पनि निर्णय गरेको छ। 

मंगलबार, ०८ असार २०७८, १७ : ०३

प्रतिक्रिया