काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सुझाव माग गरेको छ ।
बोर्डले एक सूचना प्रकाशन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको मस्यौदा तयार भइरहेको सूचनामा उल्लेख छ ।
सम्बन्धित सरोकारवालाहरुले असार २० गतेसम्ममा इमेल ([email protected]) मार्फत सुझाव पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया