काठमाडौं, कारोबारको अन्तिम (बिहीबार)बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ११ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ५३.८८ अंक घटेर २८५९.९६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.७० अंक बढेर २८७१.६६ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ।
यस दिन सो सेसनमा ३८ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ। नेप्से परिसूचक करिब साढे ११ अंक बढेको छ।
प्रतिक्रिया