कारोबारको तेस्रो घण्टा : नेप्सेमा ८ अंकको गिरावट, अपर तामाकोशीको सर्वाधिक कारोबार

विहीबार, १० असार २०७८, १४ : १४

काठमाडौं,  आज साताको अन्तिम दिन (बिहीबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ७.९३ अंकले घटेर २८५२.०३ विन्दुमा पुगेको छ ।  कारोबारको  दोस्रो घण्टामा ०.२८ प्रतिशतले घटेको हो ।  

तेस्रो घण्टाको अवधिमा २१७ ओटा कम्पनीको ५३ हजार ११५ पटकको कारोबारमा ९२ लाख ९१ हजार ९७५ कित्ता शेयरको रू.४ अर्ब ८८ करोड १७ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म  अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू २७ करोड ५३ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज  २१७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १३१ शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।

विहीबार, १० असार २०७८, १४ : १४

प्रतिक्रिया