काठमाडौं, नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले बैंकको ९ लाख कित्ता असार २ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू.१४० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनूपर्नेछ ।
शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले बोलपत्र असार १७ गते बिहान ११ बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा खोलिने जानकारी दिएको छ ।
प्रतिक्रिया