काठमाडौं, साताको चौथो दिन (बुधबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ३०.२३ अंकले घटेर २७९७.७८ विन्दुमा पुगेको छ ।
तेस्रो घण्टाको अवधिमा २१६ ओटा कम्पनीको रू. ३ अर्ब ८१ करोड २८ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबारको तेस्रो घण्टामा बरुण हाइड्रोपावरको शेयरमुल्य सबैभन्दा बढी वृद्धि भएको छ । कम्पनीको शेयरमुल्य ७.२१ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता शेयरमूल्य रू.५५० कायम भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै उपसमुह ओरालो लागेको छ ।
यस अवधिसम्म नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २१ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया