गभर्नर अधिकारीद्वारा BIS को ९१औं वार्षिक बैठकमा सहभागिता

बुधबार, १६ असार २०७८, १६ : २२

काठमाडौं, गभर्नर महाप्रसाद अधिकारी Bank for International Settlements (BIS)को ९१औं  वार्षिक बैठकमा सहभागी भए । असार  १४ र १५ गते भर्चुअल माध्यममा आयोजित  बैठकमा उनले सहभागिता जनाएका हुन  । 

बैठकको पहिलो दिन बैंक अफ इङ्गल्यान्ड  तथा बैंक अफ क्यानडाका पूर्व गभर्नर मार्क  क्यार्नीले 'The Art of Central Banking in a  Centrifugal World' विषयमा आफ्नो मन्तव्य  राखे । त्यस क्रममा उनले  केन्द्रीय बैंकको  विगत र वर्तमानको तुलनात्मक भूमिका, बदलिँदो  विश्व वित्तीय प्रणालीमा देखिएका नवीनम  चुनौतीलाई सम्बोधन गर्दै मौद्रिक तथा वित्तीय  स्थायित्वका निम्ति केन्द्रीय बैंकले अवलम्बन  गर्नुपर्ने रणनीतिक व्यवस्थाबारे धारणा राखे ।  प्रविधिमा आएको परिवर्तनसँगै डिजिटल मुद्राको  प्रयोग बढ्दैगएको सन्दर्भमा सेन्ट्रल बैंक डिजिटल  करेन्सीको अवधारणाका विषयमा समेत क्यार्नीले  आफ्नो मन्तव्य केन्द्रित गरेका थिए । उनको  प्रस्तुतिमाथि सहभागीहरूबीच समूहगत छलफल  भएको थियो । 

बैठकको दोस्रो दिन मंगलबार द्यक्ष्क् का  महाप्रबन्धक अगस्टिन कार्सटेन्सले आफ्नो मन्तव्य  राख्दै संस्थाको वार्षिक आर्थिक प्रतिवेदनका मुख्य झलकहरू प्रस्तुत गरे । सो अवसरमा उहाँले  कोभिड–१९ का कारण शिथिल बनेको अर्थतन्त्रको  दीर्घकालीन स्थिरताको निम्ति नीतिगत आधारशीला  तयार गरिनुपर्ने आवश्यकता औंल्याए ।  त्यसको लागि संरचनागत सुधार, नवप्रवर्तनात्मक  प्रविधिको विकास र विश्वव्यापी नीतिगत सहकार्य  एवम् समन्वय हुनुपर्ने आवश्यकतामा महाप्रबन्धक  कार्सटेन्सको जोड थियो । 

मंगलबार सार्वजनिक BIS को आर्थिक  प्रतिवेदनले कोभिड महामारीका कारण आयस्तर र स्रोतको पहुँचमाथि तीव्र रूपमा असमानता बढेको  उल्लेख गर्दै मौद्रिक तथा वित्तीय नीति मार्फत  त्यसलाई न्यूनीकरण गरी समष्टिगत आर्थिक  स्थायित्वत मार्फत उन्मुख हुनुपर्ने आवश्यकता  औंल्याइएको छ ।  

बैठकका दौरान सबल वित्तीय प्रणालीका  निम्ति BIS बाट भएका नवीनतम र  नवप्रवर्तनात्मक प्रयासबारे प्रस्तुति दिइएको थियो ।  उक्त प्रस्तुतिमाथि बैठकका सहभागीहरूबीच  छलफल भएको थियो । बैठकमा द्यक्ष्क् को सदस्य  बैंकसँगै अन्य केन्द्रीय बैंकका गभर्नर र उच्च  अधिकारीहरूको सहभागिता थियो । उक्त बैठकमा  बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा.  गुणाकर भट्टसमेत सहभागी थिए  । 

BIS एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो,  जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र  नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ ।  सन् १९३० मा स्थापना भएको द्यक्ष्क् मा हाल ६३  वटा केन्द्रीय बैंकहरू सदस्य छन् । यसको मुख्यालय स्विट्जरल्याण्डको बाजलमा रहेको छ ।  


 

बुधबार, १६ असार २०७८, १६ : २२

प्रतिक्रिया