ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा बीमा साक्षरता तथा सरोकारवालाबीच छलफल सम्पन्न

शनिबार, २७ बैशाख २०८२, १० : ४७

काठमाडौं- ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडद्धारा शुक्रबार सुर्खेतमा “बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम” सम्पन्न भएको छ । सुर्खेत जिल्लामा क्रियाशील बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा अन्य आर्थिक निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम बीमा क्षेत्रको विविध पक्षहरूमा केन्द्रित रहेको थियो ।

कार्यक्रमको उद्देश्य बीमा साक्षरता अभिवृद्धि गर्नुका साथै वित्तीय क्षेत्रका सरोकारवालाहरूसँग समन्वय र सहकार्यलाई प्रगाढ बनाउन  उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी संस्थाहरूका प्रतिनिधिहरूले बीमासम्बन्धी आफ्नो अनुभव, जिज्ञासा र सुझावहरू समेत राखेका थिए, जसले छलफललाई उपयोगी र अन्तरक्रियात्मक बनाएको आयोजकको विश्वास छ ।

कार्यक्रममा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गाना, उप–प्रमुख कार्यकारी अधिकृत बिश्वोजन श्रेष्ठ र मार्केटिङ विभाग प्रमुख दिपक पोखरेलले  स्वयं उपस्थित भई बीमाको अवधारणा, जोखिम व्यवस्थापन, अन्डरराइटिङ प्रक्रिया, दाबी प्रक्रिया लगायत बीमासम्बन्धी सम्पूर्ण पक्षहरूबारे सहभागीहरूलाई विस्तृत जानकारी गराएका थिए । 

सुर्खेत शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले बीमा सेवा विस्तार र वित्तीय समावेशीकरणमा अझ प्रभावकारी योगदान पु¥याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

शनिबार, २७ बैशाख २०८२, १० : ४७

प्रतिक्रिया