काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन ३३ प्रतिशतले वृद्धि भएको छ ।
यस अवधिमा कम्पनीले तीन अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको दुई अर्ब ७८ करोड ९४ लाख रुपैयाँको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३३ प्रतिशतले वृद्धि भएको छ ।
तेस्रो त्रैमासको अवधिमा कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २.२४ प्रतिशतले घटेर ६३ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यसको जीवन बीमा कोषमा ७ अर्ब ६९ लाख रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख ६० हजार रुपैयाँ छ । रिटेन्ड अर्निङमा ८१ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा छ ।
प्रतिक्रिया