नेपाल इन्स्योरेन्सको ८ % बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

शुक्रबार, १८ असार २०७८, १० : ४०

काठमाडौं, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले  ८ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । 

कम्पनीले गत चैत २७ गते सम्पन्न  साधारण सभाबाट पारित बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले चैत १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । 

यस्तै, चैत १२ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरिएको छ ।

शुक्रबार, १८ असार २०७८, १० : ४०

प्रतिक्रिया