एनएमबि क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।
हितग्राहीहरुले अगामी साउन १५ गतेभित्र ई सेवा, खल्ती, प्रभु पे, आइएमई पे र कनेक्ट आइपीएसमार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधिभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुनेछ ।
यस क्यापिटल र एनएमबि बैंक लिमिटेडका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खालेका हितग्राहीलाई आव २०७७र७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क रू. १०० बुझाउन अनुरोध गरेको हो ।
प्रतिक्रिया