माग भन्दा १६.९१ गुणा बढी आवेदन परेको जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड कहिले ?

शुक्रबार, १८ असार २०७८, १३ : ५७

काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर ९आईपीओ० अर्को साता बाँडफाँड गरिने भएको छ । 

कम्पनीले ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला आईपीओ अर्को साता बाँडफाँड गरिने भएको हो । हाल संस्थाको आईपीओको डाटा भेरिफिकेसनको काम चलिरहेको बताइएको छ । 

कम्पनीले असार ११ गते शुक्रबार बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिनसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । 

यो सर्वसाधारणका लागि माग गरिएकोभन्दा १६.९१ गुणा बढी हो । कम्पनीको आईपीओमा परेको आवेदन हालसम्म कै उच्च पनि हो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । 

अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमध्ये, १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ता पाउनेछन् । त्यस्तै बाँकी करिव ९२ प्रतिशत भन्दा धेरै आवेदकको हात खाली हुने निश्चित छ  । 

शुक्रबार, १८ असार २०७८, १३ : ५७

प्रतिक्रिया