काठमाडौं, मनकामना स्मार्ट लघुवित्तको साधारण शेयर (आईपिओ) निष्काशन भएको दुई दिनमा १२ लाखभन्दा बढीले आवेदन गरेका छन् ।
शुक्रबार साँझ ५ बजेसम्ममा लघुवित्तको आइपीओमा १२ लाख ३१ हजार २११ वटा आवेदन परेको छ । आवेदनबाट १ करोड ६३ लाख ८९ हजार ८४० कित्ता शेयर माग भएको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो।
जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।
लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन गर्न सकिनेछ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
प्रतिक्रिया