नागरिक लगानी कोषको ९ प्रतिशत बोनस प्रस्ताव पारित

शुक्रबार, १८ असार २०७८, १८ : ५५

काठमाडौं, नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने भनी प्रस्ताव गरेको ९ प्रतिशत बोनस पारित गरेको छ । 

कोषको शुक्रबार सम्पन्न २६ औं वार्षिक साधारण सभाले बोनस शेयरसँगै ९.८९४७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको कोषको साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ ।

चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले १ खर्व ७२ अर्व रुपैंया संकलन गरी १ खर्व ७१ अर्व ९७ करोड रुपैंया लगानी गरेको छ । चालु आर्थिक वर्षमा कोषको पूँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भईरहेको कोषले जनाएको छ ।

कोषको आर्थिक वर्ष २०७६÷७७ को कर पछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरीसकेको छ । 

शुक्रबार, १८ असार २०७८, १८ : ५५

प्रतिक्रिया