काठमाडौं, यो साता नेप्से परिसूचक स्थिर रहेको छ । गत साता २८४३ को बिन्दुमा कायम भएको नेप्से यो साता पनि २८४३ कै विन्दुमा आएर बन्द भएको छ ।
साताको पहिलो कारोबार दिन २७.३८ अंकले, दोस्रो दिन ५.११ अंकले परिसूचक बढेको थियो । तेस्रो दिन ४७.४९ अंक र चौथो दिन ४.१३ अंकले परिसूचक घटेको थियो भने पाँचौ दिन १९.१३ अंकले बढेको हो ।
यो साता रू. ३४ अर्ब १६ करोड ६५ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको छ । गत साता भने रू. ४९ अर्ब १२ करोड १० लाख ९ हजार बराबरको शेयर कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम रू. १४ अर्ब ९५ करोड ५३ लाख ७५ हजारले कमी आएको छ । गत साता १० करोड २२ लाख ६५ हजार ५४१ कित्ता शेयर कारोबार भएकोमा यो साता १० करोड ३३ लाख ८८ हजार ६६६ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता ११ लाख २३ हजार १२५ कित्ता बढी शेयर कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबार दिन रू. ३९ खर्ब ४९ अर्ब ६१ करोड ९० लाख २० हजार रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन रू. ३९ खर्ब ४९ अर्ब ६१ करोड ७० लाख ५६ हजार कायम भएको छ । नेप्से परिसूचक र कुल बजार पूँजीकरण स्थिर अवस्थामा रहेकाले लगानीकर्ताहरु आगामी दिनमा बजार के होला भन्नेमा अन्योल रही पर्ख र हेरको अवस्थामा रहेको संकेत गर्दछ ।
सेन्सेटिभ इन्डेक्स भने ३.०७ अंकले बढेर ५२८.७१ विन्दुमा पुगेको छ । गत साताको अन्तिम दिन सेन्सेटिभ इन्डेक्स ५२५.६४ विन्दुमा रहेको थियो ।
प्रतिक्रिया