करिब ८ अंकले उकालो लागेको नेप्सेमा १०२ कम्पनीको शेयरमुल्यमा वृद्धि, कारोबार रकम कति ?

आइतबार, २० असार २०७८, १२ : १२

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक करिब ८ अंकले उकालो लागेको छ ।

यस अवधीसम्म ७.९७ अंकले बढेर २८५०.९८ विन्दुमा पुगेको छ ।  कारोबारको पहिलो घण्टामा ०.२८ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा कारोबारमा आएका २०६ ओटा कम्पनीको १४ हजार ७६४ पटकको कारोबारमा २२ लाख १ हजार ५४९ कित्ता शेयरको रू १ अर्ब ८ करोड ३७ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म  अपर तामाकोशी कारोबार भएको छ । उक्त कम्पनीको रू ८ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज  २०६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १०२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५४ शेयरमूल्य घटेको छ ।  २१ कम्पनीको मूल्य स्थीर रहेको छ ।

आइतबार, २० असार २०७८, १२ : १२

प्रतिक्रिया