दोस्रोे घण्टा : नेप्सेमा  ७.८१ अंकको वृद्धि, कारोबार रकम २ अर्ब माथि

आइतबार, २० असार २०७८, १३ : १२

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको दोस्रोे घण्टामा नेप्से परिसूचक करिब ७.८१ अंकले उकालो लागेको छ ।

यस अवधीसम्म परिसुचक ०.२७ प्रतिशतले वृद्धि भई २८५०.८१ को बिन्दुमा पुगेको हो । 

दोस्रोे  घण्टाको अवधिमा कारोबारमा आएका २१६ ओटा कम्पनीको २८ हजार २०८ पटकको कारोबारमा ४४ लाख ५१ हजार ५२८ कित्ता शेयरको रू २ अर्ब २० करोड ९७ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म  अपर तामाकोशी कारोबार भएको छ । उक्त कम्पनीको रू ११ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज  २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७८ शेयरमूल्य घटेको छ । १८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
 

आइतबार, २० असार २०७८, १३ : १२

प्रतिक्रिया