अपर तामाकोशीको साढे ८२ हजार भन्दा बढी कित्ता शेयर खरिद माग, शेयरमुल्य ८ सय माथि

आइतबार, २० असार २०७८, १५ : १०

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार)अपर तामाकोशी हाइड्रोपावरको शेयरमुल्य ८ सय माथि पुगेको छ ।

आइतबार कम्पनीको शेयरमुल्य २.२२ प्रतिशत अर्थात १७ अंकले वृद्धि भई प्रतिकित्ताको मुल्य ८१० रुपैंया पुगेको छ ।

यो समाचार तयार पर्दा सम्म कम्पनीको ८२ हजार ५७२ कित्ता शेयर खरिद माग भएको छ । अधिकतम ७८३ रुपैयामा माग भएको छ भने १ लाख २५ हजार ३२८ कित्ता शेयर बिक्री माग भएको छ । 
 

आइतबार, २० असार २०७८, १५ : १०

प्रतिक्रिया