काठमाडौं, आइतवार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले ३ लाख ६४ हजार ४४८.३५ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । भोलिबाट लगानीकर्ताले यो शेयर खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत चैत १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ९.१९९८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
साताको पहिलो दिन आइतवार कम्पनीको शेयर मूल्य रू १ हजार ६५३ कायम भएको छ ।
प्रतिक्रिया