कारोबारको दोस्रोे घण्टा : दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम २ अर्ब नजिक

सोमबार, २१ असार २०७८, १३ : १०

काठमाडौं, कारोबारको दोस्रोे  दिन (सोमबार) कारोबारको दोस्रोे घण्टामा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

परिसूचक ११.५१ अंकले ओरालो लागेर २८२३ को बिन्दुमा पुगेको छ । 

दोस्रोे  घण्टाको अवधिमा कारोबारमा आएका २१९ ओटा कम्पनीको २० हजार ९२६ पटकको कारोबारमा ३५ लाख ३५ हजार ३६० कित्ता शेयरको रू १ अर्ब ७१ करोड १४ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म  हिमालयन डेस्टिलेरीको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू १९ करोड ४४ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज  २१९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १३८ शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।

सोमबार, २१ असार २०७८, १३ : १०

प्रतिक्रिया