दुई कम्पनीको १ करोड ८५ लाख बोनस शेयर नेप्सेमा सूचीकृत

आइतबार, २७ असार २०७८, १२ : ३९

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतवार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । 

डिप्रोक्स लघुवित्तको १५ लाख ८ हजार १५०.३७ प्रतिशत बोनस शेयर र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यी दुवै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 

आइतबार, २७ असार २०७८, १२ : ३९

प्रतिक्रिया