काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ५०.९२ अंकले उकालो लागेको छ ।
आज परिसुचक सो अवधीसम्ममा ५०.९२ अंक अर्थात १.८० प्रतिशतल बढेर २८७६.०३ को बिन्दुमा पुगेको छ ।
दुई घण्टाको अवधिमा कारोबारमा आएका २१६ ओटा कम्पनीको ३८ हजार ८२८ पटकको कारोबारमा ९५ लाख ३६ हजार ६४३ कित्ता शेयरको रू ३ अर्ब ६३ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म एन आईसी एसिया बैकको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू १६ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ ।
आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४ शेयरमूल्य घटेको छ ।
प्रतिक्रिया