काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ५७.९७ अंकले उकालो लागेको छ ।
आज परिसुचक सो अवधीसम्ममा ५७.९७ अंकले बढेर २८८३.०७ को बिन्दुमा पुगेको छ ।
तीन घण्टाको अवधिमा कारोबारमा आएका २२० ओटा कम्पनीको ५५ हजार ७७६ पटकको कारोबारमा १ करोड ३७ लाख २३ हजार ४३९ कित्ता शेयरको रू ५ अर्ब ३६ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म एन आईसी एसिया बैकको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ३१ करोड २४ लाख बराबरको शेयर कारोबार भएको छ ।
आज २२० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ३ शेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यो समयसम्म तीन कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेण्ट फाइनान्स र आइसि एफसि फाइनान्सको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया