काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा सकरात्मक पहिरो गएको छ । आज शेयर बजार उच्च अंकले उकालो लागेको हो ।
कारोबारको अन्तिम समय सम्म आइपुग्दाँ परिसुचक ७४.७१ अंकले उकालो लागेर २८९९.८२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
आज कारोबारमा आएका २२५ ओटा कम्पनीको ८२ हजार ४९ पटकको कारोबारमा ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयरको रू ८ अर्ब ६ करोड १३ लाख बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म एन आई सी एसियाको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ३९ करोड ९९ लाख बराबरको शेयर कारोबार भएको छ ।
आज २२५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४ शेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया