काठमाडौं, आइपीओ निष्कासनका २ जीवन बीमा कम्पनी आइपीओ जारी गर्न लाइनमा रहेको धितोपत्र बोर्डले जनाएको छ। पहिले पहिले थोरै कम्पनीका आइपीओ आउने र बाँडफाँट छिटो हुन्थ्यो। अब धेरैको छिटो छिटो आउने भएपछि एउटाको बाँडफाँट र दोस्रो बजार कारोबार सुरु नहुँदै अर्कोको आवेदन खुला हुने भएको छ।
करिब दुई महिना लामो निषेधाज्ञाका कारण आइपीओ निष्कासनको प्रक्रिया पनि अवरुद्ध भएपछि एकसाथ धेरै कम्पनीको आइपीओ जारी हुने भएको हो।
प्रक्रियामा रहेका सानीमा लाइफ इन्स्योरेन्सको रु ६० करोड बराबरको ६० लाख कित्ता शेयर आइपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको लाइनमा छ । कम्पनी आईपिओ निष्कासनका लागि गत जेठ ९ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्ध प्रभु क्यापिटल रहेको छ ।
यस्तै, आई.एम.ई लाइफ इन्स्योरेन्सको रु ६० करोड बराबरको ६० लाख कित्ता शेयर आइपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको लाइनमा छ । कम्पनी आईपिओ निष्कासनका लागि गत जेठ ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्ध सिभिल क्यापिटल मार्केट रहेको छ ।
प्रतिक्रिया