मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, झण्डै २० लाखको हात खालि हुँदा २ जना भाग्यमानी

सोमबार, २८ असार २०७८, १० : ०१

काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको साधारण सेयर ९आईपीओ० को बाँडफाँड भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा अहिले बिहान ९:३० बजे बाँडफाँड सम्पन्न भएको हो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । ग्रोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ३ सय ४९ जनाले १० कित्ता सेयर हात पारेका छन् । जसमध्ये १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यमानी २ जनाले थप एक एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् । 

बाँकी  १९ लाख ९९ हजार ९०० आवेदकको भने हात खाली भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । 

अन्तिम दिनसम्म कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट  २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको थियो ।

सोमबार, २८ असार २०७८, १० : ०१

प्रतिक्रिया