कारोबारको पहिलो घण्टा : २८९९ को बिन्दुमा नेप्से, कारोबार रकम ३ अर्ब नजिक

सोमबार, २८ असार २०७८, १२ : १०

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक सामान्य अंकले  रातोमा कायम भएको छ । 

आज परिसुचक सो अवधीसम्ममा ०.८२ अंकले ओरालो लागेर २८९९ को बिन्दुमा पुगेको छ । 

एक घण्टाको अवधिमा कारोबारमा आएका २१३ ओटा कम्पनीको २७ हजार ४२ पटकको कारोबारमा ५६ लाख ९४ हजार ४६८ कित्ता शेयरको रू २ अर्ब ८७ करोड १२ लाख बराबरको कारोबार भएको छ ।

आज २१३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको  ८५ शेयरमूल्य घटेको छ । १८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

सोमबार, २८ असार २०७८, १२ : १०

प्रतिक्रिया