नेपाल बैंकको साढे ३ लाखभन्दा बढी कित्ता शेयर खरिदबिक्री, रकम कति ?

सोमबार, २८ असार २०७८, १३ : २६

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको सुरु भएको सवा २ घण्टा सम्म आइपुग्दाँ नेपाल बैंक लिमिटेडको शेयरमुल्य ०.८९ प्रतिशत अर्थात ४ रुपैंयाले घटेको छ । 

सोमबार बैंकको शेयरमुल्य ४४४ रुपैंया पुगेको छ । 

आज सो अवधीसम्म बैंकको ३ लाख ६२ हजार ३१५ कित्ता खरिदबिक्री भएको छ । बैंकको उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ १६ करोड ३१ लाख ५१ हजार बराबरको कारोबार भएको छ । 

यस्तै, मार्केट डेपमा बैंकको २ लाख ४५ हजार १५५ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख १५ हजार ४५९ कित्ता शेयर बिक्री माग भएको हो । 

सोमबार, २८ असार २०७८, १३ : २६

प्रतिक्रिया