काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २४.२६ अंकले ओरालो लागेको छ ।
आज परिसुचक सो अवधीसम्ममा ०.८४ प्रतिशतले ओरालो लागेर २८७५.५६ को बिन्दुमा पुगेको छ ।
तीन घण्टाको अवधिमा कारोबारमा आएका २२४ ओटा कम्पनीको ७० हजार ८२९ पटकको कारोबारमा २ करोड १४ लाख १७ हजार ४२ कित्ता शेयरको रू ७ अर्ब ५९ करोड ६३ लाख बराबरको कारोबार भएको छ ।
आज २२४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १५६ शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया