हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम फिर्ता गर्दै अपि पावर, भुक्तानी कहिले ?

२ बर्ष अगाडि

काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म सार्वजनिक निष्कासनमार्फत विक्री गरेको २९.३८ प्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । 

कम्पनीले रितपूर्वक आवेदन दिने ८८ हजार ९२२ जनालाई ५४ लाख ५४ हजार ४०१ कित्ता शेयर बाँडफाँट गरेको हो । अपि पावरले प्रतिकित्ता रू. १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेकोे हो । 

यस पटक कम्पनीको २ लाख १५ हजार ५९९ कित्ता शेयर वितरण हुन सकेन । वितरण हुन नसकेको उक्त शेयर कम्पनीले लिलामी प्रकृयाबाट विक्री गर्नेछ । कम्पनीले यो हकप्रद शेयर प्रयोजनका लागि वैशाख २९ गते ९एक दिन० बुक क्लोज गरेकाले वैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर खरीद गर्न सक्ने व्यवस्था थियो । 

हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम कम्पनीले साउन ३ गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया