काठमाडौं - नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि अल्पकालीन शेयर लगानीकर्ताले दीर्घकालीन लगानीकर्ता भन्दा साढे २ प्रतिशत धेरै अर्थात ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नु पर्ने भएको छ ।
२०७७ साउन ३ गतेभन्दा पछाडि शेयर खरीद गरेर बिक्री गर्ने लगानीकर्ताले गर्नेलाई आजदेखि नाफाको ७।५ प्रतिशतका दरले पूँजीगत लाभकर लाग्ने भएको हो ।
संघीय संसदको अर्थ समिति अन्तर्गत गठीत पूँजी बजार र मुद्रा बजार सम्बन्धि अध्ययन उपसमितिले शेयर बजारमा कारोबार गर्ने कारोबारी र दीर्घकालीन लगानीकर्तालाई अलग अलग दरमा पूँजीगत लाभकर लगाउन दिएको सुझाव अनुसार बजेटले अल्पकालीन र दीर्घकालीन लागानीकर्ताका लागि अलग अलग लाभकर लाग्ने व्यवस्था गरेको थियो ।
सो अनुसार नै शेयर बजाररका लगानी गर्ने अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि अलग अलग पूँजीगत लाभकर लागू भएको हो ।
आजभन्दा अघि सबै लगानीकताले समान ५ प्रतिशत र संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत पूँजीगत लाभकर सरकारलाई तिर्दै आएका थिए ।
प्रतिक्रिया