काठमाडौं, पछिल्लो समय विभिन्न कम्पनीहरुले धमाधम हकप्रद शेयर निष्कासन गरिरहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।
दुई कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १० बराबर ३ (१०ः३) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गत जेठ २५ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले सय रुपैयाँ अंकित दरको ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल क्यापिटल लिमिटेडले गर्नेछ ।
यस्तै, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ बराबर १ (१ः१) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गत असार ४ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले सय रुपैयाँ अंकित दरको १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया